Hamro Patra
ग्रेनेट विस्फोट हुँदा दुई सैनिक घाइते

टीकापुर, साउन २१

कैलालीको गोदावरी नगरपालिका वडा नं ४ स्थित बन्देवी फायरिङ रेञ्जमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।

आज बिहान करिब ८ः१० बजे देवदल गण, आर्मी ब्यारेकको सैन्य तालिम अन्तर्गत फायरिङ अभ्यास चलिरहेका बेला प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट भएको थियो।

विस्फोटमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्कीको दाहिने हात र अनुहारमा तथा सैनिक २० वर्षीय रञ्जित थारुको दाहिने हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा महराले बताए।

उनले घाइते दुवै जनालाई घटनालगत्तै उपचारका लागि फिल्ड मार्सलबाट नेपाली सेनाको आर्मी अस्पताल, बोराडाँडी ल्याइएको बताएका छ्न। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update