Hamro Patra
मोटरसाइकलसहित खोलामा बगेका युवकको उद्दार

टीकापुर, साउन २२
कैलालीको पहाडी गाउँपालिका मोहन्यालमा मोटरसाइकलसहित खोलामा बगेका एक जनाको सकुशल उद्दार गरिएको छ ।

सुुर्खेतबाट चिसापानीतर्फ आउँदै गरेका बर्दगोरिया गाउँपालिका वडा नं. २ का ३९ वर्षीय लौटन चौधरीको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

Tikapur Khanepani

चौधरी घर फर्किने क्रममा गएराति करीब साढे ९ बजेतिर मोहन्याल गाउँपालिका वडा नं. ७ को पितमारी खोलामा मोटरसाइकलसहित बगेका थिए ।

स्थानीयले बगिरहेको अवस्थामा देखेपछि तत्काल इलाका प्रहरी कार्यालय चिसापानीलाई खबर गरेका थिए । कार्यालयकी इञ्चार्ज प्रहरी निरीक्षक मिरा खड्काको नेतृत्वमा खटिएको टोलीले करीब एक घण्टाको प्रयासपछि उनको सकुशल उद्दार गरेको हो ।

खोलामा अत्यधिक बाढी आएका कारण मोटरसाइकल भने निकाल्न नसकिएको प्रहरीले जनाएको छ । उद्दार गरिएका चौधरीलाई राति नै सकुशल घर पठाइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update