Hamro Patra
मोटरसाइकलको ठक्करबाट युवती घाइते

टीकापुर, साउन २३
धनगढीमा मोटरसाइकलले ठककर दिदा युवती घाइते भएकी छन् ।

धनगढी–अत्तरिया सडकखण्ड अन्तर्गत धनगढीको बोराडाँडीमा आज बिहान सुपप्र०१०१२प५५२६ नम्बरको मोटरसाइकलले सडक पार गर्ने क्रममा ठक्कर दिँदा धनगढीकी ३० वर्षीया उर्मिला जैशी घाइते भएकी हुन् । 

Tikapur Khanepani

धनगढी उपमहानगरपालिका वडा नं. ६ का जैशी को टाउको र खुट्टामा चोट लागेको छ । दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नं. ५ आदर्शटोलका हरिसिंह साउँद समेत घाइते भएका छन् ।

साउँदको अवस्था सामान्य रहेको छ । दुबै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update