Hamro Patra
ट्रकको ठक्करबाट कैलालीका रोकायको मृत्यु

दैलेख, साउन २३ 
दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । 

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा हुँदा मोटरसाइकल चालकको च्यापिएर मृत्यु भएको हो । 

Tikapur Khanepani

कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ का ४१ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक जयसिंह गुरुङले बताए ।  

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकले विपरीत दिशातर्फ आउँदै गरेको भे १४ प ६७१४ मोटरसाइकल तल्लो डुङ्गेश्वर बजारस्थित पुलमा आपसमा ठोक्किएका थिए ।

ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update