Hamro Patra
कटुवा पेस्तोलसहित चार जना पक्राउ

महेन्द्रनगर, साउन २६
कञ्चनपुरमा कटुवा पेस्तोलसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ का २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ३ का १८ वर्षीय बिपिन सिंह, २० वर्षीय नितेशा सिंह र भीमदत्त नगरपालिका वडा नं. ६ का २० वर्षीय राजेन्द्रसिंह गोयला रहेका छन् ।

Tikapur Khanepani

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शङ्कास्पद अवस्थामा देखेपछि सोधपुछ तथा चेकजाँच गर्दा उनीहरुको मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला परेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका क्रममा बिपिन सिंहको भीमदत्त नगरपालिका वडा नं. १८ मामाभान्जा चोकस्थित डेरा कोठामा रीतपूर्वक खानतलासी गर्दा लुकाइछिपाइ राखेको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

बरामद पेस्तोलसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update