Hamro Patra
लुगा सुकाउँदा करेन्ट लागेर युवतीको मृत्यु
Tikapur Khanepani

टीकापुर, साउन २६
घरमा लुगा सुकाउने क्रममा करेन्ट लागेर कञ्चनपुरमा एक युवतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नं. ५ गजरौलाकी २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युत्को तारबाट करेन्ट लाग्दा नेपाली गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update