नदीमा डुबेर महिलाको मृत्यु
टीकापुर, साउन २६
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ बचैलामा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार बचेलास्थित चरेला नदीमा डुबेर ५६ वर्षीया हिरा बिष्टको मृत्यु भएको हो ।
उनी खोलामा डुबेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ १७:२९
प्रतिक्रिया दिनुहोस्







