Hamro Patra
बडिमालिका–रामारोशन बन संरक्षण क्षेत्र घोषणा

धनगढी, साउन २७
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरि बडीमालिका–रामारोशन बन संरक्षण क्षेत्र घोषणा गरेका छन् । 

मुख्यमन्त्री शाहले बुधबार धनगढीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश बन ऐन २०७७ को दफा २६ (१) बमोजिम बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटिने गरि बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेका हुन् । 

Tikapur Khanepani

मुख्यमन्त्री शाहको अध्यक्षतामा श्रावण १९ गते बसेको मन्त्री परिषद्को बैठकले सो क्षेत्रलाई बन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।  

बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको वडा नं. ५, ६,७ र ८, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वडा नं. ५,६,७ र ९, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नं. १ र २, तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वडा नं. ४, ५ र ६ सहितको जम्मा ४९८.४ वर्ग कि.मी. क्षेत्र समावेश गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update