Hamro Patra
राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

टीकापुर, साउन २७
झण्डै एक महिनादेखि अल्पमतमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् । बहुमत जुटाउने आधार नदेखिएका कारण मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने तयारी गरेका हुन् ।

एमालेले समर्थन फिर्ता लिएपछि गत ३१ असारदेखि शाह नेतृत्वको सरकार अल्पमतमा चलिरहेको छ । विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा २८ साउन अर्थात् भोलिसम्म छ ।

Tikapur Khanepani

मुख्यमन्त्रीको राजीनामा लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छन् । कांग्रेससँग १८ सांसद छन् भने नेकपासँग २१ र एमालेसँग ११ सांसद छन् । नेकपाका एक सांसद निलम्बित छन् ।

एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भइसकेको छ । जसका कारण शाहले विश्वासको मत प्राप्त गर्ने सम्भावना छैन ।

नयाँ सत्ता समीकरणअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update