नेकपाका खगराज भट्ट मुख्यमन्त्री नियुक्त
टीकापुर, साउन २९
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तिसंगै भट्ट प्रदेशको पाँचौ मुख्यमन्त्री बनेका छन् ।
३१ असारमा एमालेले समर्थन फिर्ता लिएपछि कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
एमालेको समर्थनमा दाबी पेश गरेका भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन् । उनको शपथ ग्रहण कार्यक्रम पनि आजै दिउँसो हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ ११:४८
प्रतिक्रिया दिनुहोस्






