Hamro Patra
जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

टीकापुर, साउन ३१
कैलालीको टीकापुरमा एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ६ बेलुवाका २८ वर्षीय रामसेवक कुश्मी चौधरी रहेका छन् । 

प्रहरीका अनुसार चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update