Hamro Patra
ट्रकको ठक्करबाट एमाले नेतृको मृत्यु

टीकापुर, भदौ १
कैलालीमा ट्रकको ठक्करबाट नेकपा एमालेकी महिला नेतृको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नं. १ मुडा नजिकै ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको हो ।  

आज बिहान उनी सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले सापकोटा सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । 

गम्भीर घाइते भएकी सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक दिनेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । गम्भीर घाइते हुनुभएकी नेतृ सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए ।

नेतृ सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवार समेत बनेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update