Hamro Patra
चिफ्ले झरनाबाट खसेर एक युवक बेपत्ता

टीकापुर, भदौ ७
कैलालीमा झरनाबाट खसेर एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बेपत्ता हुनेमा डडेलधुराका २१ वर्षीय खगीराज पन्त रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार बेपत्ता भएका चन्द शनिबार दिउँसो ४ बजेतिर चुरे गाउँपालिका वडा नं. ५ सुरुगडा चिफ्ले झरनाबाट खसेका थिए । त्यसयता उनी बेपत्ता छन् ।

बेपत्ता भएका पन्तको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । उनी साथीहरूसँगै त्यहाँ घुम्नका लागि पुगेको बुझिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update