Hamro Patra
अदालतबाट दोषी ठहर भई फरार ११ जना एकैदिन पक्राउ

टीकापुर, भदौ ९
विभिन्न मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भई फरार रहेका ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बोक्सी सम्बन्धी आरोप मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जनही तोकिएका टीकापुर नगरपालिका वडा नं. ७ वैदीका २७ वर्षीय (माता भनिने) सुनिल मिस्त्री, टीकापुर नगरपालिका वडा नं. ९ बौनियाका ३४ वर्षकी हिरामोती डगौरा थारु र सोही ठाउँकी ४५ वर्र्षीया लाली डगौरा रहेका छन् ।

त्यस्तै ठगी सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र ३० हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका वडा नं. १० का ३२ वर्षीय श्यामबहादुर चौधरी, बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र १ हजार ५१० जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका वडा नं. १ का राजबहादुर थापा, चेक अनादर मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका वडा नं. १ कै केशवराज जैशी, लिखित सम्बन्धी कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा नगरपालिका वडा नं. १० का खेमबहादुर चौधरीलाई प्रहरी पक्राउ गरेको हो । 

उता, बोक्सी सम्बन्धी आरोप मुद्दामै १ वर्ष कैद सजाय र १५ हजार जनही तोकिएका भजनी नगरपालिका वडा नं. १ गौनियाका ५० वर्षीय जयराम डगौरा, सोही ठाउँका ४४ वर्षीय पदम डगौरा, ४५ वर्षीय लहानु डगौरा र ५४ वर्षीय बाबुराम डगौरा रहेका छन् । 

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका एघारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले सोमवार पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update