Hamro Patra
रसुवाको बाढीपहिरोमा टीकापुरका केही व्यक्ति बेपत्ता

टीकापुर, भदौ १०

रसुवामा आएको बाढीपहिरोमा परेर टीकापुरका केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । उनीहरु रोजगारीका क्रममा त्यहाँ रहेका थिए ।

रसुवास्थित धुन्चे हाईड्रो पावरमा कार्यरत टीकापुर नगरपालिका वडा नं. १ समितिपुरका मात्रै ८/१० जना सम्पर्क बिहिन छन । उनीहरु सबैको मोवाइल अफ रहेको आफन्तले बताएका छन । सो हाईड्रो पावरमा कार्यरत मानबहादुर चौधरीका भाई अखिल चौधरीले मोवाइल अफ भएकोले दाईसँग सम्पर्क हुन नसकेको बताए ।

‘सबैजनाको मोवाइल अफ छ’ उनले भने–‘कसैसँग पनि सम्पर्क हुन सकेको छैन ।’ सम्पर्कबिहिन चौधरी असार ३० गते रोजगारीका लागि त्यहाँ गएको बताईएको छ ।

टीकापुर नगरपालिकाका अन्य ठाउँबाट समेत धेरै व्यक्तिहरु रसुवाका विभिन्न हाईड्रो पावर लगायतमा कार्यरत रहेको बुझिएको छ । ती मध्ये केही व्यक्तिहरु भने सम्पर्कमा आएका छन । उनीहरुले सामाजिक सञ्जाल मार्फत बाढीपहिरोका बारेमा जानकारी दिएका छन ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update