Hamro Patra
रसुवा बाढी पहिरो प्रति संघद्वारा दु:ख व्यक्त

टीकापुर, भदौ १०
टीकापुर उद्योग वाणिज्य संघले बाढीपहिरोका कारण रसुवा लगायतका जिल्लामा भएको धनजनको क्षति प्रति दुःख व्यक्त गरेको छ । 

संघका अध्यक्ष सन्तोष खड्काले आज एक विज्ञप्ती जारी गर्दै बेपत्ताको खोजी, घाईतेको उपचार र घरबारबिहिनहरुको गासबासको व्यवस्था गर्न सरकार समक्ष माग गरेका छन । उनले संस्थाका तर्फबाट विनाशकारी घटनामा भएको क्षतिमा सघाउन प्रतिवद्धता व्यक्त गरेका छन । 

उनले बाढीपहिरोमा ज्यान गमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाईतेको स्वास्थ्य लाभको कामना गरेका छन । 

नेपालको उत्तरतर्फबाट बग्ने भोटेकोशी, त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङमा धेरै र गोरखा, चितवन लगायतका जिल्लामा समेत आंशिक प्रभाव पारेको छ ।

1000100916-1787744483.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update