Hamro Patra
तीज मिलन कार्यक्रमको रकम बाढी पीडितलाई सहयोग

टीकापुर, भदौ ११
टीकापुरस्थित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाले यसवर्षको तीज मिलन कार्यक्रम स्थगन गरेको  छ । 

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै संस्थाले विगतदेखी मनाउँदै आएको तीज मिलन कार्यक्रम स्थगन गरेर जानकारी दिएको छ । 

संस्थाले तीज मिलन कार्यक्रममा हुने खर्च वाफतको रकम विपतमा परेका व्यक्तिहरुको सहयोगका लागि खर्च गर्ने गरी विपत राहत कोषमा पठाइने संस्थापक अध्यक्ष ललिता शाहीले जानकारी दिएकी छन ।  

उनले घटनामा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेको उपचार, बेपत्ताको खोजीमा सकृयता देखाउन सबैसँग आग्रह गरेकी छन ।

संस्थाको आज बसेको कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो । महिलाहरु मात्रै सञ्चालक रहेको यो संस्था टीकापुरको एक अग्रणी संस्था समेत हो । 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update