लागूऔषधसहित दुई जना पक्राउ
टीकापुर, भदौ १४
कैलालीका विभिन्न ठाउँबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला चेकपोष्ट स्थित सडक खण्डबाट अवैध लागूऔषध ब्राउनसुगर ६८० मिलिग्राम सहित टीकापुर नगरपालिका वडा नं. १ का १८ वर्षिय किशोर पक्राउ परेका हुन् ।
उनलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं. १ बनाना होटलबाट लागुऔषध ब्राउनसुगर १ ग्राम १५० मिलिग्रामसहित जानकी गाउँपालिका वडा नं. ६ का ३१ वर्षीय प्रेम बहादुर चौधरी पक्राउ परेका हुन् ।
चौधरीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार राति उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १२:०६
प्रतिक्रिया दिनुहोस्






