Hamro Patra
घरबाट हराएकी महिला बारीमा मृत भेटिइन्‌

टीकापुर, भदौ २५
कैलालीको सीमावर्ती भजनीमा घरबाट हराएकी एक महिला आफ्‌नै बारीमा मृत अवस्थामा भेटिएकी छन् ।

भजनी नगरपालिका वडा नं. ७ पगरा टोलकी ४० वर्षीया गिता कठरिया आफ्नै बारीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

कठरिया बुधबार बिहानी घरबाट सम्पर्कविहीन भएकी थिइन् । खोजीको क्रममा उनी सोही ठाउँस्थित बारीमा मृत भेटिएकी हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update