Hamro Patra
महाकालीमा एक पुरुष बेपत्ता

टीकापुर, भदौ २९
सुदूरपश्चिमको कञ्चनपुरस्थित महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् । 

सोमबार बिहान साढे ९ बजेतिर दोधाराचाँदनी नगरपालिका वडा नं. ४ मालिका टोलका ५० वर्षीय जित दमाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले वडा नम्बर ४ कै महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई बगेर बेपत्ता भएको जानकारी दिए ।

प्रहरी निरीक्षक थापाका अनुसार दमाईको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको छ । तर, अहिलेसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update