Hamro Patra
रसुवा घटनाको प्रभावः छैन तीजको रौनक

टीकापुर, भदौ २९ 
विगतका वर्षहरुमा रौनकता छाउने हरितालिका तीजमा यस वर्ष सुनसान छ । भोटेकोशी नदीमा आएको बाढीका कारण यस वर्षको तीज सुनसान भएको हो ।

विगतका वर्षहरुमा टीकापुरको बलभद्र चोक, सिद्धार्थ चोक लगायत बजार क्षेत्रमा तीजको दिनदेखि पञ्चमीसम्म नाचगानसहित विविध कार्यक्रम हुने गरेका थिए । 

रसुवा बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै यस वर्ष महिलाहरुले तीजमा औपचारिक कार्यक्रम नगरेका हुन् ।

बलभद्र चोकका व्यापारी शंकर देवकोटाले विगत २६ वर्षदेखि तीज कार्यक्रम मनाउँदै आइएकोमा रसुवा घटनाका कारण यस वर्ष शोक मनाइएको बताए ।

बजार क्षेत्रका अन्य चोकमा समेत यस वर्ष तीजमा नाचगानका छैनन् ।

799767372_3427599027413778_5075032519582226696_n-1789379446.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update