Hamro Patra
आज गणेश चतुर्थीः टीकापुर र नारायणपुरमा कार्यक्रम

टीकापुर, भदौ ३०
अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि देशभरका मुख्य मुख्य मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । गणेश चतुर्थीको अवसरमा टीकापुरको सामुदायिक चोक र नारायणपुरमा विशेष पूजाअर्चजना आयोजना गरिएको छ । 

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्राईले बताए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update