Hamro Patra
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै

टीकापुर, भदौ ३०
अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन् । भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन् ।

भ्रमणका क्रममा उनले नेपाल–भारत सहकार्य र भोटेकोसी विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्नेछन् । सरकारी स्रोतका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारत भ्रमणमा रहनेछन् ।

भारत रहँदा उनी द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने उनले भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता तथा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन पनि गर्ने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update