ट्रकको ठक्करबाट बालकको मृत्यु
टीकापुर, भदौ ३०
कैलालीको मध्यवर्ती गौरीगंगामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको गौरीगंगा नगरपालिका वडा नं. २ को झिलमा मंगलबार बिहान से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिदा सोही ठाउँका ५ वर्षीय लेखराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रक र चालक लम्कीचुहा नगरपालिका वडा नं. २ बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३ ११:१८
प्रतिक्रिया दिनुहोस्





