Hamro Patra
कार्यालयबाटै सरकारी मोटरसाइकल चोरी

टीकापुर, भदौ ३०
सब डिभिजन वन कार्यालय फूलबारीको परिसरमा पार्किङ गरी राखिएको एक सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको छ । गएराति कार्यालय परिसरमा पार्किङ गरी राखिएको से १ ब ५९० नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको हो ।

सब डिभिजन वन कार्यालय फूलबारीका वनरक्षक मानबहादुर रोकायाले मोटरसाइकल चोरी भएको बताए । मोटरसाइकल तथा चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको रोकायाले बताए । 

रोकायाका अनुसार हसुलिया इलाका प्रहरी कार्यालय, फूलबारी मार्फत घटनाको अनुसन्धान तथा खोजी भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update