Hamro Patra
चट्याङ लागेर एकको मृत्यु

दार्चुला, भदौ ३१
दार्चुलामा मंगलबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ७ श्रीपुरका ४३ वर्षीय भोजराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । 

उनका अनुसार चट्याङ लागेर जोशीको घट्नास्थलमै मृत्यु भएको हो । घटनास्थल जिल्ला सदरमुकामबाट टाढा रहेका कारण जोशीको शव जिल्ला अस्पताल दार्चुला ल्याएर पोष्टमार्टम गरिएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update