Hamro Patra
चिलिमेको सुरुङमा चार वटा शव फेला (UPDATE)

टीकापुर, भदौ ३१
भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा चार वटा शव फेला परेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीन वटा सग्लो शव र एउटा मानव अङ्ग भेटिएको जानकारी दिए । उनका अनुसार सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरले ती शव निकालेका छन् । 

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा शव फेला परेका हुन् । उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update