Hamro Patra
गाँजा र खैरो हेरोइनसहित दुई युवक पक्राउ

टीकापुर, असोज १
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४ बाट अवैध लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय मिलन थापामगर र २० वर्षीय राजेश देउवा रहेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मिलनको साथबाट २५ ग्राम गाँजा र राजेशको साथबाट ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update