Hamro Patra
हाइसको ठक्करबाट युवकको मृत्यु

टीकापुर, असोज २
कैलालीको धनगढीमा गएराति हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्ला नजिकै गएराति नम्बर नखुलेको हाइसले ठक्कर दिँदा पैदल यात्री चटकपुरका कालु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि चालक हाइससहित फरार भएको भए पनि प्रहरीले सुपप्र ०१००१ज१५८० नम्बरको ईभी हाइसका चालक कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पाण्डेयलाई अत्तरियाबाट र हाइस धनगढीको बोराडाँडीबाट नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update