बाँकेमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
टीकापुर, असोज २
बाँकेमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ रिमझिम चोकको भित्री सडकमा भे.२ ह. २१ नम्बरको अटो अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको हो ।
दुर्घटनामा परी अटोका चालक मुकेश विक घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुकेशलाई उपचारका लागि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज् पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको हो ।
अटोमा सवार अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ १५:३५
प्रतिक्रिया दिनुहोस्





