माओवादीका पूराना नेता ‘निर्माण’ मृत फेला
टीकापुर, असोज २
तत्कालीन नेकपा माओवादी अछामका पूराना नेता अमर शाह ‘निर्माण’ मृत भेटिएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा बसोबास गर्दै आएका ५५ वर्षिया शाह आज दिउँसो मृत भेटिएका हुन् ।
नेकपा माओवादी अछामको जनयुद्धकालिन योद्धा रहेका शाह दुई दशकदेखि लम्कीमा बस्दै आएका थिए ।
लम्कीचुहा नगरपालिका वडा नं. ५ स्थित प्रभात माध्यमिक विद्यालयको परिसरमा मृत भेटिएका शाहको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव पोस्टमार्टम्का लागि टीकापुर अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ १६:४४
प्रतिक्रिया दिनुहोस्





