भिरबाट लडेर महिलाको मृत्यु
दार्चुला, असोज ४
दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरीक्षक केशव शर्माले दिएको जानकारी अनुसार दुहुँ गाउँपालिका वडा नं. २ हेकातीका ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएको हो ।
आज विहान घरभन्दा २ किलोमिटर दूरीमा रहेको खर फागालामा खर काट्ने क्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको उनले बताए । मृतक जोशी दुहुँस्थित गौरीलमाडौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
स्थानीय प्रेमराज जोशीका अनुसार अल्मोल्या भिरमा खर काट्ने क्रममा लडेर उनको मृत्यु भएको हो । मृतक जोशीका एक छोरा र एक छोरी रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ १४:५०
प्रतिक्रिया दिनुहोस्





