युवकमाथि खुँडा प्रहार
टीकापुर, असोज ६
कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ ।
टीकापुर नगरपालिका वडा नं ७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका वडा नं ९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो ।
खुँडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
अवस्था भने खतरामुक्त रहेको छ । खुँडा प्रहार गर्ने व्यक्तिहरूको पहिचान भने खुल्न बाँकी छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ ०९:१४
प्रतिक्रिया दिनुहोस्





