Hamro Patra
कैलाली काँग्रेस: कार्यवाहक सभापतिको जिम्मेवारी बडुवाललाई

टीकापुर, असोज ७
नेपाली काँग्रेसले कैलालीको कार्यवाहक पार्टी सभापतिको जिम्मेवारी उपसभापति भीम बडुवाल लाई तोकेको छ । 

पार्टी महामन्त्री प्रदीप पौडेलले एक पत्र पठाई नेपाली काँग्रेसको विधान २०१७ (एघारौं संशोधन सहित) बमोजिम १५ औं महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशन सम्पन्न गर्न जिम्मेवारी तोकिएको उल्लेख गरेका छन । उनलाई निर्वाचन समितिसँग समन्वय गरी जिम्मेवारी निर्वाह गर्न भनिएको छ । 

पार्टी सभापति नारायणदत्त भट्टले १५ औं महाधिवेशन का कार्यक्रम सम्पन्न गर्न सहयोग नगरेका कारण उनको जिम्मेवारी खोसेर उपसभापति बडुवाललाई कार्यवाहकको जिम्मेवारी दिईएको बताईएको छ ।  

17844-1790146645.jpg
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update