एक नाले भरुवा बन्दुक बरामद
डोटी, असोज २७
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा एक नाले भरुवा वन्दुक बरामद गरिएको छ ।
जिल्लाको डोटी जोरायल गाउँपालिका वडा नं. ६ भागेश्वर स्थित सामुदायिक वनमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक १ थान बरामद गरिएको हो ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय विपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा बरामद गरेको एकनाले बन्दुक सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३ ०९:०८
प्रतिक्रिया दिनुहोस्





