बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै एमाले सांसद थापाले दिए राजीनामा
टीकापुर, असोज २८
सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्वमन्त्रीसमेत रहेका सांसद थापाले सभामुख भीमबहादुर भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।
पारित भएको बजेटप्रति असन्तुष्ट रहेका थापाले राजीनामा दिएको स्रोतले जनाएको छ । उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसकेको छ । बजेटमाथि छानबिन समिति गर्ने र पुरक बजेट ल्याउने सत्तारूढ दलबीच सहमति भएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०८३ ११:५०
प्रतिक्रिया दिनुहोस्





