दुई लाखको झिलीमिली बत्ती बरामद
टीकापुर, असोज २८
कैलालीको सीमावर्ती दक्षिणी भजनीमा तस्करी गरेर ल्याइरहेको साढे दुई लाखको झिलीमिली बत्ती बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक समुद्र केशर पन्तको कमान्डमा खटिएको टोलीले भजनी नगरपालिका वडा नं. ५ को हलौनाघाटबाट दुई लाख ६० हजार बराबरका बत्ती बरामद गरेको हो ।
बरामद गरिएका एक सय ३० बन्डल झिलीमिली बत्ती आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०८३ १२:०७
प्रतिक्रिया दिनुहोस्





