Hamro Patra
करेन्ट लागेर एक महिलाको मृत्यु

टीकापुर, असोज २८
कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १९ जे गाउँ बस्ने ४७ वर्षकी लालमोती चौधरीको ज्यान गएको हो । 

चौधरीलाई आफ्नै घरको नल्कामा मंगलबार साँझ पानी तान्ने मोटरबाट करेन्ट लागेपछि उपचारको नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update