Hamro Patra
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ: मुख्यमन्त्री पाण्डे

पोखरा, बैशाख २८
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेपालकाे हिमाली क्षेत्र जलवायु परिवर्तनका गम्भीर असरबाट प्रभावित भइरहेको बताएका छन् । 

नेपाल प्रेस युनियनको आयोजनामा भइरहेको लोमान्थाङ इन्टरनेशनल मिडिया समिटको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । 

'नेपाल आफ्नो भन्दा अन्य देशका कारण जलवायु परिवर्तनका गम्भीर असरबाट प्रभावित भइरहेको छ" मुख्यमन्त्री पाण्डेले भने 'पानी नपर्ने जिल्लाका रुपमा चिनिने मुस्ताङ्गमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो आउने र पानीको मुहानहरु सुकेर बस्ती नै सार्नुपर्ने अवस्था आएको छ, यसबारे सबै पक्ष गम्भीर भएर लाग्नु आजको आवस्यकता हो ।' 

पोखरा नेपालकै पर्यटकीय राजधानी भएको बताउदै मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले पर्यटकीय स्थलहरू समेत प्रभावीत भएको बताए । 

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय पत्रकार महासंघका उपाध्यक्ष सविना इन्द्रजितले गत वर्ष दक्षिण एसियाका पत्रकाहरुले  २५० बढी दुर्व्यवहारका घटनाबाट पिडित भएको बताइन् । 

'आइएफजे प्रेस स्वतन्त्रता, लोकतन्त्र र नैतिक पत्रकारितामा विस्वास गर्दछ' उनले भनिन् 'प्रेस स्वतन्त्रताका लागि पत्रकारहरु सडकमा आउनुपर्ने स्थिति विस्वका लागि निकै दुखद हो ।' 

समिटको दिन दोस्रो दिन तीन विषयगत सत्रहरू सञ्चालन हुनेछन् । पहिलो सत्र 'जलवायु संकट र पत्रकारिता', दोस्रो 'एआई र दक्षिण एसियामा नयाँ मिडिया' र तेस्रो 'प्रेस स्वतन्त्रताः अभ्यास र चुनौती' मा केन्द्रित हुनेछ।

तेस्रो दिन (वैशाख २९) पोखराबाट मुस्ताङसम्म मिडिया यात्रा आयोजना गरिनेछ भने चौथो दिन वैशाख ३ जोमसोममा स्थानीय समुदायको सहभागितामा जलवायु संकट र पत्रकारिताको भूमिकामा वृहत् अन्तरक्रिया हुनेछ। 

राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा कार्यरत १२० बढी पत्रकारहरु सहभागी भएको समिटमा सोही दिन 'लोमान्थाङ घोषणापत्र' जारी गर्दै समिट समापन गरिने प्रेस युनियनले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update