
टीकापुर, असार ३
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि आइतवार सार्वजनिक गरेको बजेट तथा कार्यक्रम ल्याएको छ । आर्थिक मामिला मन्त्रालयले आइतवार सार्वजनिक गरेको बजेट पुस्तिका (रेडबुकमा) समावेश गरिएको बजेट तथा कार्यक्रममा टीकापुर क्षेत्रमा के के योजना परे त ?
बजेटमा टीकापुर विज्ञान विश्वविद्यालय सञ्चालन ५ करोड ५० लाख, डुँडेझारी सडक स्तरोन्नति २ करोड ५० लाख, केशर मार्ग २ करोड ५० लाख, आँखा अस्पतालदेखि सनक्टटीको नयाँ पुल जोड्ने बाटो १ करोड ८ लाख, टीकापुर पार्कमा फ्लागस्टोन ढुंगा बिछ्याउने काम १ करोड, टीकापुर स्पोर्टस् एकाडेमी सञ्चालन १ करोड बजेट छुट्याइएको छ ।
त्यस्तै टीकापुर विमानस्थल स्तरवृद्धि ७० लाख, मेन्थादेखि बाहिरी चक्रपथ जोड्ने सडक आयोजना ६८ लाख, नयाँ विहानी पुनर्स्थापना केन्द्रदेखि एयरपोर्टसम्मको सडक ६६ लाख, टीकापुर अस्पतालमा इन्टेलिजेन्स इन्सफर खरिद ६५ लाख, टीकापुर अस्पताल इको मेसिन ६० लाख, त्रिभुवन मावि बटनपुर ५५ लाख, स्थानीय तह विशेष पकेट कार्यक्रम भैंसी, टीकापुर ५० लाख, टीकापुर ब्लक ६,७, १५, १६ ब्लक नं. १९ को सडक ५० लाख, बटनपुर खानेपानी आयोजना ५० लाख र टीकापुर बहुमुखी क्याम्पसको भौतिक संरचना ५० लाख परेको छ ।
त्यस्तै टीकापुर अस्पताल पोर्टबेल सि आर्म खरिद ४५ लाख, स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम केरा टीकापुर ४० लाख, कालिका मन्दिरदेखि टीकापुर बहुमुखी क्याम्पस जाने बाटो ४० लाख, टीकापुर ८ वडा कार्यालयदेखि अर्नुवा जोड्ने सडक ४० लाख, टीकापुर ४ अरबरुवा नालामा कल्भर्ट निर्माण ४० लाख, टीकापुर ४ वनगाउँ जाने बाटो कालोपत्रे ४० लाख, नेपाल रेडक्रस टीकापुर उपशाखाको लागि उपकरण खरिद ४० लाख बजेट परेको छ ।
हामीले यहाँ १० लाख भन्दा माथिका केही योजनाहरु समावेश गरेका छौं ।
- थारु सांस्कृतिक मेला महोत्सव, टीकापुर २० लाख
- राम मन्दिर निर्माण, सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान १० लाख
- टीकापुर विमानस्थल स्तरवृद्धि ७० लाख
- राम मन्दिर निर्माण टीकापुर ७ सत्ती १० लाख
- टीकापुर पार्क प्रबद्र्धन कार्यक्रम १० लाख
- ओजुवा ताल प्रबद्र्धन कार्यक्रम १० लाख
- राम मन्दिर निर्माण, सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान २० लाख
- कैशालेश्वर महादेव मन्दिरमा धर्मशाला निर्माण २० लाख
- देव शिरिम प्रतिष्ठानको भवन र शौचालय टीकापुर वडा २ मा २५ लाख
- स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम केरा टीकापुर, ४० लाख
- स्थानीय तह विशेष पकेट कार्यक्रम भैंसी, टीकापुर ५० लाख
- नेपाल रेडक्रस सोसाइटी टीकापुर, सेफ हाउस निर्माण ११ लाख
- नयाँ विहानीदेखि एयरपोर्टसम्मको सडक ६६ लाख
- डुडेझारी सडक स्तरोन्नति २ करोड ५० लाख
- केशर मार्ग २ करोड ५० लाख समानीकरण
- अस्नेरीदेखि जुम्ली टोलसम्म सडक ३० लाख
- टीकापुर बहुमुखी क्याम्पसदेखि डुडेंझारी जोड्ने सडक ३५ लाख
- खक्रौला सडकदेखि खाद्यगोदाम जोड्ने सडक ३० लाख
- क्याम्पसदेखि डुँडेझारी लिक रोड मर्मत १५ लाख
- कालिका मन्दिरदेखि टीकापुर बहुमुखी क्याम्पस जाने बाटो ४० लाख
- आँखा अस्पतालदेखि सनक्टटीको नयाँ पुल जोड्ने बाटो १ करोड ८ लाख
- मेन्थादेखि बाहिरी चक्रपथ जोड्ने सडक आयोजना ६८ लाख
- कर्णाली नमूना माध्यमिक विद्यालयको पर्खाल निर्माण २५ लाख
- सिकलसेल परीक्षण तथा परामर्श सेवा कार्यक्रम ३५ लाख
- एयरपोर्ट रनवे कालोपत्रे ३५ लाख
- गणेशमान मार्गको १ नं. सडक ब्लक नम्बर १० सडक २० लाख
- टीकापुर पार्कमा फ्लागस्टोन ढुंगा बिछ्याउने काम १ करोड
- टीकापुर ८ वडा कार्यादेखि अर्नुवा जोड्ने सडक ४० लाख
- टीकापुर ४ अरबरुवा नालामा कल्भर्ट निर्माण ४० लाख
- टीकापुर ४ वनगाउँ जाने बाटो कालोपत्रे ४० लाख
- टीकापुर ब्लक नं. ३२ को ओपनस्पेशमा ओपन ब्यायामशाला २५ लाख
- टीकापुर ब्लक ६,७, १५, १६ ब्लक नं. १९ को सडक ५० लाख
- बटनपुर खानेपानी आयोजना ५० लाख
- नारायणपुर खानेपानी आयोजना २५ लाख
- टीकापुर खानेपानी २५ लाख
- टीकापुर स्पोर्टस् एकाडेमी सञ्चालन १ करोड
- टीकापुर विज्ञान विश्वविद्यालय सञ्चालन ५ करोड ५० लाख
- रेडक्रस टीकापुरको लागि उपकरण खरिद ४० लाख
- त्रिभुवन मावि बटनपुर २० लाख
- जनप्रकाश आ.वि. बाघमारा १० लाख
- टीकापुर बहुमुखी क्याम्पस भौतिक संरचना ५० लाख
- मदनबाबा भक्ति केन्द्र १० लाख
- वीरेन्द्र विद्यामन्दिर छात्राबास भवन २५ लाख
- वीरेन्द्र विद्यामन्दिर क्याम्पस भवन २५ लाख
- राष्टिय मावि बेलुवाको भवन २० लाख
- टीकापुर बहुमुखी क्याम्पस भवन मर्मत सम्भार २५ लाख
- त्रिभुवन राष्टिय मावि टीकापुर ५ को २५ लाख
- कर्णालेश्वर आधारभूत विद्यालय २५ लाख
- त्रिभुवन मावि बटनपुर ५५ लाख
- मानव धर्म सेवा समितिको भवन १० लाख
- जनज्योति आधारभूत विद्यालय खेलमैदान १० लाख
- ज्ञानोदय आधारभूत विद्यालय फर्निचर २० लाख
- कर्णाली राष्टिय आ.वि.गेट निर्माण १० लाख
- खड्ग मेमोरियलको पर्खाल निर्माण १५ लाख
- सरस्वती आधारभूत विद्यालय विशालनगर दुई कोठे भवन २० लाख
- कर्णाली नमूना मावि खेलमैदान २० लाख
- मुक्त कमैया आ.वि. खानेपानी १० लाख
- पौराणिक खेलकुदमा घेरबार तथा ट्स १० लाख
- नयाँ नेपाल आ.वि. चारकोठे भवन २० लाख
- टीकापुर अस्पताल परिसर पर्खाल निर्माण १५ लाख ५० हजार
- टीकापुर अस्पताल स्टाफ क्वाटर २० लाख
- टीकापुर अस्पताल इको मेसिन ६० लाख
- टीकापुर अस्पताल पोर्टबेल सि आर्म खरिद ४५ लाख
- टीकापुर अस्पताल इन्टेलिजेन्स इन्सफर खरिद ६५ लाख