Hamro Patra
हामीले संविधानलाई सर्वोच्च ठानेका छौं, हामी व्यवस्था विरोधी होइनौंः रक्षा बम

टीकापुर, असोज ३
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र भ्रष्टाचाररहित राष्ट्र बनाउनु पर्ने दुई बुँदे मागसहित भदौ २३ गते जनेजी आन्दोलन घोषणा भयो । डिस्कर्डबाट जोडिएका विभिन्न समूहहरुले सामुहिक रुपमा आन्दोलनको घोषणा गरे । आन्दोलन शान्तिपूर्ण रुपमा शुरु भए पनि घटनाले उग्ररुप लियो । आन्दोलनकारीमाथि प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएपछि सत्ता नै फेरबदल भयो । पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । प्रस्तुत छ, संविधान दिवसको दिन जेनजी आन्दोलनको अग्रमोर्चामा रहेका जेनजी अभियन्ता रक्षा बमसँग कार्यकारी सम्पादक परमानन्द पाण्डेले गरेको कुराकानीः  

हाम्रो पत्र डटकममा यहाँलाई हार्दिक स्वागत छ । 
धन्यवाद । 

जेनजीको आन्दोलनपछि देशमा विकसित घटनाक्रमलाई कसरी हेर्नुभएको छ ? 

Shuvakamana C
Shuvakamana B

पहिलो कुरा त हाम्रो लागि पनि यो सबै कुरा नयाँ हो । हामीले नसोचेकै कुराहरु भएका हुन् । हामी सडकमा जाने दुई वटा बटमलाइन मागहरु थिए । सामाजिक सञ्जाल खोल्नु र भ्रष्टाचाररहित राष्ट्रको मागहरु थियो । तर आन्दोलनको क्रममा अवस्था कसरी नियन्त्रण भन्दा बाहिर गयो र हामी यो अवस्थामा आइपुग्यौं भन्ने कुरा हो । हामीले नसोचेको कुरा भयो, यो कुरा हामीलाई नयाँ नै भयो । मलाई लाग्छ, आन्दोलनपछि जुन अन्तरिम सरकार बनेको छ, अबको बाटो यो आन्दोलनको एउटा उपलब्धी भनौं न मलाई के लाग्छ भने एउटा वैकल्पिक बाटो हो । हामीलाई प्रतिनिधित्व गर्ने सदन, संसदहरु चाहिँदैन, अब हामीले त्यही पूरानो अनुहार चाहिँदैन भनेर हामीहरुले सांकेतिक रुपमा संसद भवनलाई कब्जा गरिसकेपछि ती अनुहारहरु चाहिँदैन भनेर अन्तरिम सरकारको गठन भएको हो । मैले यसलाई एउटा वैकल्पिक बाटोको रुपमा लिएको छु । यसमा अब चुनावी प्रक्रियामा आएर सम्पूर्ण इच्छुक व्यक्तिहरु वा सक्षम व्यक्तिहरु चुनावमा आउनु पर्छ नयाँ संसद बनेर देश फेरि तीब्र गतिमा विकास हुनुपर्छ । मेरो लागि धेरै कुरा नयाँ भएर अहिले नै यसको बाटो यो हो भन्दा पनि अन्तरिम सरकारको आफ्‌नो म्याण्डेट हुन्छ, यसले चुनाव गराउनुपर्छ, चुनावमै सरकारले बढी फोकस गरेको राम्रो हो ।  

नेपालको वर्तमान संविधानलाई जेनजी पुस्ताले कसरी हेरेको छ ? 
आन्दोलनपछि हामीले वार्ता गर्ने बेलामा पनि संविधानलाई नै सर्वोच्च ठानेर आफ्‌ना कुराहरु अगाडि राखेका थियौं । हामीले संविधान जोगाउनु पर्छ, लोकतन्त्र जोगाउनु पर्छ भनेर नेपाल आर्मीका चिफले सहजीकरण गरेता पनि हामी औपचारिक वार्ता राष्ट्रपतिसँगै गर्नेछौं भनेर आर्मी चिफसँग कुरा राख्दा उहाँले हुन्छ म त्यो वातावरण मिलाउँछु भन्नु भएको थियो । हामीले संविधानलाई नै सबैभन्दा माथि सर्वोच्च राखेर सरकार गठनको कामहरु गरेका छौं । हामी हाम्रो संविधान र लोकतन्त्रप्रति अत्यन्तै सचेत छौं । 

संविधानको राम्रो पक्ष र सुधार गर्नुपर्ने पक्षहरु के के हुन् ? यसमा तपाईको धारणा के हो ? 

म संविधानका सुधार गर्नुपर्ने पक्षमा त्यति बोल्न सक्ने अवस्थामा छैन । यसको बारेमा धेरै ज्ञान पनि छैन । संविधानको राम्रो पक्ष के हुन् भने लोकतान्त्रिक पद्दतिबाट जनताद्धारा निर्मित यो संविधान विभिन्न आन्दोलनबाट सिर्जित यो संविधान देश र जनताको लागि राम्रो छ, यो देशको सर्वोच्चता कायम राख्ने कानुन हो, यसका धेरै राम्रा पक्षहरु छन् । संघीयताको कुरादेखि समावेशीताको कुरा, जवाफदेहिताको कुराहरु संविधानमा धेरैजसो छन् । तर संविधानलाई लिएर के गाह्रो परिरहेको छ भने यसका कानुनहरु उदारवादी भए पनि यसको कार्यान्वयनमा जहिल्यै हामीले केही न केही समस्या भोगिरहेका छौं । मलाई लाग्छ कार्यान्वयनको कुरामा हामी चुकिरहेका छौं । हाम्रो संविधान जस्तो लिबरल र प्रोगेसिभ संविधान अन्य देशको तुलनामा धेरै लिबरल छ, प्रोगेसिभ छ । संविधान भित्रका कानुन, ऐन, नियमावलीका विषय कार्यान्वयनमा लैजान केही कामहरु गर्नुपर्ने देख्छु म । 

अहिलेको जुन मिश्रित निर्वाचन प्रणाली छ, त्यो प्रणालीले एउटा दलले निश्चित अवधिसम्म सरकार सञ्चालन गर्न बहुमत प्राप्त गर्ने अवस्था छैन भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्छ भनेर आवाज उठिरहेको छ ? यहाँलाई के लाग्छ ? 

संविधानलाई टेकेर जाने हो भने अहिलेको अवस्थामा त्यो सम्भव देखिँदैन । अहिलेको अवस्थामा अन्तरिम सरकारको आफ्‌नै म्याण्डेट छ, म्याण्डेट अनुसारै काम गर्छ, यदि निर्वाचन प्रणाली नै फेर्ने हो भने पनि अबको पाँच वर्ष नयाँ बन्ने संसदले निर्णय गर्ने हो । हामीले यो व्यवस्थाको विकल्प खोजेकै होइन । हामीले यो व्यवस्था चलाई रहेकाहरुको विकल्प खोजेका हौं । व्यवस्था चलाई रहेकाहरुको विकल्प खोज्दाखेरी पक्कै पनि यो व्यवस्थामा राम्रा, सक्षम मान्छे आउन भन्ने चाहना हो । यो एउटा आव्हन पनि हो, राम्रा मान्छे देशका लागि केही गर्छु भन्ने भ्रष्टाचार नगर्ने खालका मान्छेहरु जवाफदेही छन्, उनीहरु आउनु भयो भने केही हदसम्म हामीले सोचेको अनुसारले देश अगाडि बढ्नेछ भन्ने हो । 

हामीले संविधानलाई नै सर्वोच्च राखेर अगाडि बढ्दाखेरी केही कुराहरु आउलान् प्रदेश संरचना चाहिँदैन, संघीयता चाहिँदैन भन्ने तर त्यो हाम्रो आन्दोलनको बटमलाइन संघीयता चाहिँदैन भन्ने होइन् । व्यक्तिगत रुपमा कसैले भन्ने कुरा फरक होला, हामी जुन कुराको बलियो ढंगले वकालत गरिरहेका छौं, त्यो संघीयता नै हो, त्यो लोकतन्त्र नै हो । थुपै्र आवाजहरु उठे पनि सबैको आवाजलाई एक बनाएर अगाडि बढ्ने हो यो बेलामा । हामीले संघीयतामा छुने बित्तिकै अर्को समुदायको भावनामाथि चोट पुगिरहेको हुन्छ । किनभने यो संविधान सानो दुःखले आएको होइन्, यो संघीयता सानो दुःखले आएको होइन, यत्तिकै चलाउन त कहाँ मिल्छ ?

प्रदेश संरचना फेरिनु पर्छ भन्ने आवाज पनि उठिरहेको छ ?

हामीले संविधानलाई नै सर्वोच्च राखेर अगाडि बढ्दाखेरी केही कुराहरु आउलान् प्रदेश संरचना चाहिँदैन, संघीयता चाहिँदैन भन्ने तर त्यो हाम्रो आन्दोलनको बटमलाइन संघीयता चाहिँदैन भन्ने होइन् । व्यक्तिगत रुपमा कसैले भन्ने कुरा फरक होला, हामी जुन कुराको बलियो ढंगले वकालत गरिरहेका छौं, त्यो संघीयता नै हो, त्यो लोकतन्त्र नै हो । थुपै्र आवाजहरु उठे पनि सबैको आवाजलाई एक बनाएर अगाडि बढ्ने हो यो बेलामा । हामीले संघीयतामा छुने बित्तिकै अर्को समुदायको भावनामाथि चोट पुगिरहेको हुन्छ । किनभने यो संविधान सानो दुःखले आएको होइन्, यो संघीयता सानो दुःखले आएको होइन, यत्तिकै चलाउन त कहाँ मिल्छ ? हामी मध्ये कसैले प्रदेश चाहिँदैन, संघीयता चाहिँदैन भन्दैमा यो खारेज हुने त होइन   नि । हामीलाई नचाहिएको भनेको यो व्यवस्थाका यी व्यक्तिहरु हुन्, जो वर्षौंदेखि एकपछि अर्को गर्दै सरकार चलाई रहेका छन् । यही व्यवस्थामा अगाडि बढ्नु पर्छ भन्ने हो ।     

यही निर्वाचन प्रणालीले फेरि पूरानै पुस्ताका नेताहरु त आउने होलान् नि ? नयाँ पुस्ता, नयाँ विचार अबको निर्वाचनबाट स्थापित होला ?

मलाई आशा छ, यो पूरानो दलका नेताहरुलाई निषेध लगाउनु चाहिँ लोकतान्त्रिक पद्दतिले दिँदैन, लोकतन्त्रमा निषेध भन्ने कुरा हुँदैन । तर हामीले के गर्न सक्छौं भने जुन पूराना दलबाट आउने नेतृत्व छ, त्यो नेतृत्वलाई एउटा प्रतिस्पर्धात्मक चुनौति दिने नेतृत्व युवा पुस्ताबाट खडा गर्नुपर्छ । जेनजी साथीहरुबाट समेत कोही आउनु पर्छ ताकि प्रतिस्पर्धात्मक वातावरण बनोस् र जो सक्षम छ, त्यो अगाडि आओस् भन्ने हो । मलाई अब नेता पूराना भए भनेर मात्रै पनि भएन जनता पनि सचेत हुन एकदमै आवश्यक छ । किनभने नेतालाई गाली गरेर मात्रै पनि केही हुने वाला छैन । मतदाताहरु समेत सचेत भएर अगाडि बढे मात्र यो आन्दोलनको सेफ ल्याण्डिङ हुन्छ । हामीले प्रतिस्पर्धी वातावरण बनाउन काम गर्न थाल्नु पर्छ, सचेतना बढाउनु पर्छ, ताकि एउटा माहोल बनोस् । सबैले निष्पक्ष ढंगले चुनाबमा लड्न पाउन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update