Hamro Patra
अरिंगालको टोकाईबाट एक जनाको मृत्यु

दार्चुला, कात्तिक १०
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । 

शैल्यशिखर नगरपालिका वडा नं. ८ झरकाँडा गोगनाडीका ४८ वर्षीय वीरभद्र जोशीको अरिंगालले टोकेपछि मृत्यु भएको हो । 

अरिंगालको टोकाइबाट घाइते भएका जोशीको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update