एकैदिन साढे ३५ अर्ब बढी खर्च
मंगलबार, असार २५, २०८१
राहतको व्यवस्था गर्न एमालेको माग
मंगलबार, असार २५, २०८१
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।
बाढी पहिरोमा ७८ जनाको ज्यान गयो
मंगलबार, असार २५, २०८१
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरोमा परेर ९० जना घाइते र पाँचजना वेपत्ता भएका छन् ।
मिलनपुर शिविरका २० घर विस्थापित
आइतबार, असार २३, २०८१
वडा नं. ६ मिलनपुर शिविरका २० घर विस्थापित भएका छन् ।





