Hamro Patra

अशोक बम

कोभिडले थला परेर
काम गर्न नसक्ने
मेरी आमाको फोक्सोमा
एक मुठी अक्सिजन भर्न
तिमीले एक रफ्तारले
छाति थिचिरहँदा
तिम्रा कोमल औँलाहरुमा
मेरी आमाको प्राण चलेको देख्छु

सेतो पि पि इ भित्र
बाफिएको जिन्दगी लिएर
भेन्टिलेटरका तारहरु मिलाइरहँदा
मृत्यूसँग जुधिरहेका मेरा वुवाका
जिन्दगीका तारहरुको लय मिलेको देख्छु

Tikapur Hospital

युद्ध मैदान जस्तो
कोभिड वार्डमा
सेतो पि पि इ लगाएर उभिदा
तिम्रो अनुहार त देखिन्न
तर
जो मृत्यूसँग लडिरहेका छन्
तिनको अनुहारको प्रतिविम्व
तिम्रै अनुहारमा देख्छु

लखतरान परेर
आराम गरिरहेको तिम्रो शरिर
गर्वले उभिएको हिमाल भन्दा अग्लो छ

तिम्रो सेवाले
बाउ आमा र सन्तानका मन जोडिएकाछन्
भेन्टिलेटरमा सङ्घर्षरत
जीवन फर्किएकाछन्

यो समयमा
तिमी नभए
मेरी आमाको फोक्सोले
स्वास कसरी फेर्ला ?
मेरा बुवाका जिन्दगीका तारहरु कसरी मिल्लान ?
अनि
मेरो हिमाल गर्वले कसरी उभिन सक्ला ?

त्यसैले
तिमी छौ र त
मेरी आमा छिन
बा छन्
अनि
गर्वले उभिएको हिमाल छ ।

कवि सशस्त्र प्रहरी बाँकेका एसपी हुन ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update