दुई व्यापारीबाट ३६ लाख जरिवाना असुल

टीकापुर, असार २६
जिल्ला प्रशासन कार्यालय कैलाली, आन्तरिक राजस्व कार्यालय धनगढी तथा जिल्ला प्रहरी कार्यालय कैलालीले कैफियत देखिएका धनगढीका दुई व्यापारीबाट ३६ लाख बढी राजश्व असुल गरेको छ ।
प्रशासन, आन्तरिक राजश्व र प्रहरीको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा धनगढीस्थित आरडेन्ट इन्टरप्राइजेज प्रा.लि. र रिल्याक्सो डम्सवेयर सप्लायर्सबाट ३६ लाख ४२ हजार जरिवाना असुल गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार ती फर्महरुमा खानतलासी गरी अनुसन्धान गर्दा कैफियत देखिएकाले आरडेन्टलाई ३२ लाख ३ हजार र रिल्याक्सोलाई ४ लाख ३९ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १७:१९
प्रतिक्रिया दिनुहोस्