Hamro Patra
टीकापुरका मुस्लिम समुदायको बाढी प्रभावितलाई सहयोग

टीकापुर, भदौ २४
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा टीकापुरका मुस्लिम समुदायको तर्फबाट रकम जम्मा गरिएको छ । 

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. बी स्थित श्री मदरसा स्लाहुल मुस्लमिन टीकापुरले ३४ हजार ७८६ रुपैयाँ आज राहत कोषमा जम्मा गरेको हो । 

उर्दु भाषामा अध्यापन गराउँदै आएको विद्यालयको नेतृत्वमा मुल्लिम समुदायबाट संकलित राहत रकम कोषमा जम्मा गरिएको विद्यालयका शिक्षक अब्दुल साहिद रजाले जानकारी दिए । 

‘देशमा विपत्ती आएर संकट परेका बेला बाढी प्रभावितहरुलाई मद्दत पुगोस् भन्नका लागि हामीले आफ्‌नो समुदायको तर्फबाट सहयोग गरेको हांै’ रजाले भने ‘यो सानो सहयोगले पीडितहरुमा मल्हमको काम गर्नेछ ।’ 

विद्यालयका पूर्व अध्यक्ष हस्नेम कुरेसीले बाढीबाट प्रभावितहरुलाई थोरै भए पनि मद्दत पुगोस् भन्नका लागि सहयोग गरिएको बताए । 

भोटेकोशीमा आएको बाढीबाट १ हजार ३ शय ५७ जनाको मृत्यु भएको छ भने ५ हजार ३ हजार २६ हराई रहेका छन् । बाढीबाट प्रभावितहरु मध्येबाट १३ हजार ५ शय ८३ उद्दार गरिएको छ भने ६ हजार ८ शय २७ जना घाइते भएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update