Hamro Patra
एक लाख ५१ हजार राशीको जगननथ्या फुटबल प्रतियोगिता शुरु

टीकापुर, असोज २७
कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ को कालिका खेलमैदानमा आजदेखि दोश्रो जगननथ्या खुल्ला पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । टीकापुर क्षेत्रमै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता कालिका खेलमैदान बेलुवामा आजदेखि शुरु भएको हो । 

जगननथ्या ग्रुपको आयोजनामा कार्तिक ३ गतसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५१ हजार १ शय १ रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेता टिमलाई ७५ हजार ५ शय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने ग्रुपका सल्लाहकार लिखराम चौधरीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट किपर, हाइ स्कोरर र वेस्ट प्लेयरले पनि नगद सहित पुरस्कार प्राप्त गर्नेछन् । 

Shuvakamana C
Shuvakamana B

१६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालवीर चौधरीले गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख चौधरीले युवालाई कुलतबाट बचाउन र फुटबल खेलको प्रबद्र्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताए ।  

‘थुप्रै युवाहरु कुलतमा लागिरहेका छन्, यो प्रतियोगिताले कुलतमा लाग्नबाट युवालाई जोगाउने विश्वास लिएका छौं’ उनले भने ‘प्रतियोगिताले टीकापुर क्षेत्रको समग्र खेलकुदको प्रबद्र्धन समेत गर्नेछ ।’

उद्घाटन समारोहमा टीकापुर नगरपालिका वडा नं. ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने, टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सेना, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

ग्रुपका अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिवराज चौधरीले राखेका थिए । प्रतियोगिताको उद्घाटन खेल कर्मीडाँडा युवा क्लब र बीवाईसी डोंगपुरबीच चलिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update