टीकापुर, साउन २४
कुनै बेला राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माएको टीकापुर । भलिबल, फुटबल, एथलेटिक्स जस्ता थुपै्र विधाका खेलाडी जन्माएको टीकापुर । नेपाल क्रिकेटका पूर्व राष्ट्रिय कोच जगत टमटादेखि फुटबलका जनक केसीहरुको टीकापुर । खेलकुदकै नाममा २२ बिघा जमिन भएको टीकापुर । खेल र खेलाडीका लागि उर्बर भूमि मानिएको टीकापुरमा आगामी कार्तिक १२ गतेदेखि १९ गतेसम्म टीकापुर गोल्डकप २०८३ आयोजना हुँदैछ ।
टीकापुर उद्योग वाणिज्य सघको आयोजनामा हुने टीकापुर गोल्डकपले खेलकुदको माध्यमबाट टीकापुरलाई चिनाउनेछ । आयोजक संघका अध्यक्ष सन्तोष खड्काका अनुसार खेलकुनको उर्बरभूमि टीकापुरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुको चहलपहल हुनेछ ।
टीकापुर नगरपालिका वडा नं. ५ पार्करोडस्थित खड्ग स्मृति रङ्शालामा हुने प्रतियोगिताले पुनः टीकापुरलाई खेल र खेलाडीको उत्कृष्ठ जन्मथलोका रुपमा पचिहान दिनेछ ।
अध्यक्ष खड्का अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ७ लाख रुपैयाँ मात्र पुरस्कार पाउनेछन् भने द्वितीय हुने टिमले नगद ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, वेस्ट कोच, उदयमान खेलाडी र हरेक दिन म्यान अफ दि म्याचको पुरस्कार दिइनेछ ।
“टिकापुर चिनाउने अभियानः गोल्डकप बन्नेछ हाम्रो पहिचान” भन्ने नाराका साथ सम्पन्न हुने प्रथम टीकापुर गोल्डकपलाई स्थानीयबासीको सक्रिय सहभागिता र सहयोग रहेको छ ।







