सशस्त्रद्धारा कटुवा पेस्तोल र एक किलो चरेस बरामद
टीकापुर, भदौ २१
कैलालीको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्तोल र चरेस बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईयाफाँटाबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नं. ७ स्थित पुरानो भुईयाफाँटा तिनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र १ किलो ५० ग्राम चरेस बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा उक्त हतियार र लागुऔषध फेला परेको थियो ।
बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भदौ शनिवार सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३ १३:०८
प्रतिक्रिया दिनुहोस्





