राहत कोषमा ओमकृष्ण अस्पतालको २ लाख ११ हजार सहयोग
टीकापुर, भदौ १७
रसुवामा आएको बाढीबाट प्रभावितहरुका लागि टीकापुरस्थित ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरले दुई लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ लाख ११ हजार १११ रुपैयाँ सहयोग रकम जम्मा गरेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद बजगाई उपाध्यायले देशमा आएको विपत्तीमा थोरै भए पनि राहत होस् भन्नका लागि सहयोग रकम जम्मा गरिएको बताए ।
यसअघि टीकापुर साना शहरी तथा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, टीकापुर उद्योग वाणिज्य संघले समेत राहत कोषमा रकम जम्मा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ १७:४६
प्रतिक्रिया दिनुहोस्





